आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरद्वारा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौँ । राष्ट्रिय कर दिवस, २०८१ को पूर्वसन्ध्याको अवसरमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले बुधबार बृहत् रक्तदान कार्यक्रम गरेको छ । उपत्यका लगायत विभिन्न जिल्लामा डेंगु संक्रमितहरुको संख्या बढ्दै जाँदा स्वास्थ्य संस्थाहरुमा रगतको उच्च माग भइरहेको अवस्थालाई ध्यानमा राखी राष्ट्रिय कर दिवसको पूर्वसन्ध्या पारेर रक्तदान कार्यक्रम गरिएको कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौँ, अधिकृत समाज काठमाडौँ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काठमाडौँसँग समन्वय एवं सहकार्य गरिएको प्रमुख आचार्यले बताए । बृहत् रक्तदान कार्यक्रममा ७७ जना रक्तदाताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, उपत्यकास्थित आन्तरिक राजस्व कार्यालयहरू, काठमाडौँ महानगरपालिकाका वडा नं १० र ३१ को कार्यालय तथा अन्य सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरू एवं अन्य रक्तदाताको रूपमा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण