आज ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुँदै
काठमाडौँ । आज नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रूपमा संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् ।
त्यसपछि आज राति १२ बजेसम्म नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।
नेपाल, भारत र बङ्गलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा साबित हुने बताए । रातोपाटीसँग उनले भने, ‘भारतबाहेक पनि नेपाल विद्युत् व्यापारको सम्भावना देखाउने यो बलियो माध्यम हो । यसले नेपालमा ऊर्जा व्यापारमा ठुलो सम्भावना देखाएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण