न्युजिल्यान्डका प्रभावशाली बलर टिम साउथीको सन्न्यास घोषणा
काठमाडौँ । न्युजिल्यान्ड क्रिकेट टोलीका तीव्र गतिका प्रभावशाली बलर टिम साउथीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले घरेलु मैदानमा खेलिने इङ्ल्यान्डविरुद्धको शृंखलालगत्तै टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
न्युजिल्यान्ड भ्रमणका क्रममा इङ्गल्यान्डले तीन टेस्टको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । शृङ्खलाको पहिलो खेल नोभेम्बर २८ देखि डिसेम्बर २ तारिखसम्म क्राइस्टचर्चमा खेलिने छ । दोस्रो टेस्ट डिसेम्बर ६ देखि १० तारिखसम्म वेलिङ्टनमा हुनेछ ।
यसैगरी, शृङ्खलाको तेस्रो तथा अन्तिम टेस्ट डिसेम्बर १४ देखि १८ तारिखसम्म ह्यामिल्टनमा हुनेछ । घरेलु मैदान ह्यामिल्टनमा हुने खेललगत्तै आफूले टेस्ट क्रिकेटबाट सन्न्यास लिने साउथीले जनाएका छन् ।
३६औँ वर्ष प्रवेशको सँघारमा रहेका साउथी न्युजिल्यान्डका सफल बलरमध्ये एक हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले हालसम्म एक सय चार टेस्टमा तीन सय ८५ विकेट लिइसकेका छन् ।
न्युजिल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी दोस्रो स्थानमा छन् । न्युजिल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बलर सर रिचर्ड हेड्ली हुन् । उनले चार सय ३१ विकेट लिएका छन् ।
उनले सन् २००८ को मार्चमा इङ्ल्यान्डविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यतिबेला उनी केवल १९ वर्षका थिए । टेस्ट क्रिकेटमा उनले दुई हजार एक सय ८५ रन पनि बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर अविजित ७७ रन हो । टेस्ट क्रिकेटमा उनले सातवटा अर्धशतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण