गुल्मीको अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास
बुटवल । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको अग्लुङ्गफेदी खोलामा शनिबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रूपमा अग्लुङ्गफेदी खोलामा पक्की पुलको शिलान्यास गरेका हुन् ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीले आयोजना चार करोड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँको लगानीमा पुल निर्माण कार्य अघि बढेको र एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । एमरएस कमल अर्जुन सिटी जेभी रेसुङ्गा गुल्मीले आगामी २०८२ मङ्सिर ८ गते सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । उक्त अवसरमा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले समयमा पुल निर्माण सम्पन्न गर्न बताए।
निर्माण व्यवसायी विजय खनालले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण