२१ वर्षीय युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु, १७ जना घाइते
शनिबार, ०१ मङ्सिर २०८१, २३ : १५
बेइजिङ । चीनको वुशी सहरको एक कलेजमा २१ वर्षीय युवकले विभत्सरूपमा चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने अरू १७ जना घाइते भएका छन् ।
शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ६ बजे यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स भोकेशनल एण्ड ट्रेनिङ कलेजमा उक्त घटना भएको हो । आक्रमणकारी युवकलाई घटनास्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आक्रमणकारी ती युवकको थर शु रहेको खुलेको छ । ती युवक पनि उही कलेजमा पढ्थे । उनको परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गरेको थियो । जसका कारण आक्रोसित बनेका उनले अन्धाधुन्ध प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण