२१ वर्षीय युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु, १७ जना घाइते
शनिबार, ०१ मङ्सिर २०८१, २३ : १५

बेइजिङ । चीनको वुशी सहरको एक कलेजमा २१ वर्षीय युवकले विभत्सरूपमा चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने अरू १७ जना घाइते भएका छन् ।
शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ६ बजे यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स भोकेशनल एण्ड ट्रेनिङ कलेजमा उक्त घटना भएको हो । आक्रमणकारी युवकलाई घटनास्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आक्रमणकारी ती युवकको थर शु रहेको खुलेको छ । ती युवक पनि उही कलेजमा पढ्थे । उनको परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गरेको थियो । जसका कारण आक्रोसित बनेका उनले अन्धाधुन्ध प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा
-
अर्बौँको घाटा र राजनीतिक भर्तीले थला परेपछि निजीकरणको बाटोमा सरकारी उद्योग
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो