कीर्तिपुरमा सरसफाइ अभियन्ता महर्जनले दर्ता गरे मेयर पदका लागि उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ५६

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले नगरपालिका कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्दै उनले भने, ‘१६ वर्ष भयो वनवास हिँडेको । ०६७ साल भाद्रबाट सहरको फोहोर बढार्दै हिँडेको । कीर्तिपुरलाई सुन्दर सांस्कृतिक सहर बनाउनुपर्छ ।’ उनले कीर्तिपुरलाई संसारकै उच्च सहर बनाउन सकिने बताए ।