राष्ट्रिय स्वतन्त्र पार्टीले पुथा उत्तरगङ्गा गाउँपालिकामा उम्मेदवारी नदिने
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ०४
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नं २ मा उम्मेदवारी नदिने भएको छ ।
लुम्बिनी प्रदेशमा हुने १ उपाध्यक्ष र ५ वडाको उपनिर्वाचनमा रुकुम पूर्व गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्ष बाहेक अन्य ठाउँमा उम्मेदवारी दिने तयारीमा सो पार्टी रहेको छ ।
रुकुममा तयारी नपुगेका कारण उम्मेदवारी नदिने रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष देवराज पाठकले रातोपाटीलाई बताए।
उनका अनुसार कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा अवदेशकुमार चौधरी, बर्दियाको ठाकुरबाबा– ४ मा वासुदेव शर्मा, गुल्मीको मुसिकोट नगरपालिका–१ मा विकास थापा, रोल्पाको रुन्द्रधण्टी गाउँपालिका– ४ हेम बहादुर पुनले उम्मेदवारी दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण