गौरीशङ्करको उपाध्यक्षका लागि एकीकृत समाजवादी, माओवादी, एमाले र रास्वपाका उम्मेदवारद्वारा मनोनयन दर्ता
चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनमा लागि नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि उक्त दलका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेको समयमा एकीकृत समाजवादी पार्टीको तर्फबाट गौरीशङ्कर–५ निवासी रविना खड्काले उम्मेदवारी दर्ता गरेकी छिन् । खडकाको उम्मेदवारी दर्ता गर्न राष्ट्रियसभाका सांसद घनश्याम रिजाल, समाजवादीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, लगायत उपस्थित भएका थिए ।
सो पदका लागि रास्वपाबाट गौरीशङ्कर–८ निवासी गोमा श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन् । रास्वपा दोलखा सभापति दिनेश बस्नेतको उपस्थितिमा श्रेष्ठले मनोनयन दर्ता गरेकी हुन् ।
एक उपाध्यक्ष पदका लागि माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाले मनोनयन दर्ता गरेकी छिन् । गौरीशङ्कर–७ निवासी निम लेकीले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् सांसद गङ्गा कार्की, माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का लगायतका उपस्थितिमा मनोनयन दर्ता गरेकी हुन् ।
गौरीशङ्करको उपाध्यक्ष पदका लागि एमालेको तर्फबाट उमा मगर शेर्पाले मनोनयन दर्ता गरेकी छिन् । शेर्पाले पूर्व मन्त्री पार्वत गुरुङ, प्रदेशसभा सांसद भरत केसीको उपस्थितिमा मनोनयन दर्ता गरेकी हुन् । २०७९ को निर्वाचनबाट गौरीशङ्करको उपाध्यक्ष पदमा निर्वाचित भएका कांग्रेसका श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त रहेको उक्त पदमा मङ्सिर १६ गते निर्वाचन हुने तय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण