लगातार दोस्रो जितसँगै श्रीलंकालाई शृङ्खला
पालेकेले । दोस्रो एकदिवसीय खेलमा न्युजिल्याण्डलाई हराउँदै श्रीलंकाले एकदिवसीय शृङ्खलामाथि २-० ले कब्जा जमाउन सफल भएको छ । आइतबार भएको खेलमा श्रीलंका डीएलएस मेथडका आधारमा ३ विकेटले विजयी बनेको हो।
४७ ओभरमा घटाइएको खेलमा श्रीलंकाले न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य ७ विकेटको क्षतिमा ६ बल अगावै पछ्यायो । टोलीका लागि विकेटकिपर कुशल मेन्डिसले १ सय २ बलमा सर्वाधिक ७४ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा ६ चौका प्रहार गरे ।
त्यस्तै पाथुम निशांकाले २८ रन तथा महिश थिकशानाले नटआउट रहँदै २७ रन बनाए । जनिथ लियानागेले २२ रन जोडे । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । मिचेल स्यान्टनर, ग्लेन फिलिप्स र नाथन स्मिथले १-१ विकेट हात पारे ।
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । टोलीका लागि मार्क च्यापम्यानले ८१ बलमा सर्वाधिक ७६ रन जोडे ।
त्यस्तै विकेटकिपर मिचेल हेले ४९ रन, विल यङले २६ रन तथा ग्लेन फिलिप्सले १५ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
श्रीलंकाका लागि महिश थिकसाना र जेफ्री भान्डरसेले ३-३ विकेट लिए भने असिथा फर्नान्डोले २ विकेट लिए । दुनिथ वेलालागे र चरिथ अशलंकाले १-१ विकेट लिए ।
३ खेलको शृङ्खलाको पहिलो खेल श्रीलंकाले ४५ रनले जितेको थियो । तेस्रो खेल मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण