एकपछि अर्को समस्यामा आर्सनल, ट्रोसार्ड घाइते भएपछि प्रशिक्षक आर्टेटा चिन्तामा
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलमाथि अर्को समस्या थपिएको छ । यूईएफए नेसन्स लिगको आइतबार राति सम्पन्न खेलमा आफ्ना प्रभावशाली विंगर लिआन्ड्रो ट्रोसार्ड घाइते भएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा समस्यामा परेका छन् ।
नेसन्स लिगको बेल्जिय र इजरायलबिचको खेलका क्रममा ट्रोसार्ड घाइते भएका हुन् । बेल्जियन खेलाडी ट्रोसार्डअघि नै आर्सनलका प्रमुख खेलाडीहरु चोटको समस्यासँग जुधिरहेका छन् । अहिले आर्सनलका ६ जना खेलाडी घाइते अवस्थामा छन् ।
सन् २०२३ मा आर्सनलमा आबद्ध भएका ट्रोसार्डले क्लबका लागि १५ खेल खेलिसकेका छन् । पछिल्लो समय लयमा देखिएका ट्रोसार्ड प्रशिक्षक आर्टेटाको पहिलो रोजाईको खेलाडी हुन् । आगामी खेलमा उनी मैदानमा देखिने छैनन् ।
इजरायलविरुद्धको खेलको पहिलो हाफमै ट्रोसार्ड घाइते भएर मैदानबाट बाहिरिएका थिए । नेसन्स लिगको उक्त खेलमा इटरायलले बेल्जियमलाई १–० गोलले हराएको थियो । आर्सनलका प्रभावशाली खेलाडी बुकायो साका र डेक्लान राइस पनि अहिले पूर्ण रुपमा स्वस्थ्य छैनन् ।
यसका अतिरित्तर रिकार्डो कालाफिओरी, बेन ह्वाइट र ताकेहिरो टोमियासु पनि चोटका कारण लामो समयका लागि मैदानबाट बाहिर छन् । अब ट्रोसार्ड पनि त्यही समूचिमा थपिएका छन् । त्यसले सप्ताहन्तमा खेलिने नटिङ्घम फरेष्टविरुद्धको खेलअघि चिन्तामा परेका हुन् ।
ब्राइटनबाट आर्सनलमा आबद्ध भएयता ट्रोसार्डले क्लबका लागि २० गोल गरिसकेका छन् भने १३ गोलका लागि पास उपलब्ध गराएका छन् । उनी सन् २०१९ मा ब्राइटनमा आबद्ध भएका थिए । त्यसयता उनले इङ्लिस क्लबहरुका लागि ४५ गोल गरिसकेका छन् ।
जारी सिजनको लिग तालिकामा आर्सनल १९ अंकसहित चौथो स्थानमा आसिन छ । ११ खेल खेलेको आर्सनलले हालसम्म पाँच जित, चार बराबरी र दुई हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण