राष्ट्र बैंकको रिपोर्ट
३ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स
मङ्गलबार, ०४ मङ्सिर २०८१, १४ : ०९
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ ।
तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा बिदेसिएका छन् । तथ्याङ्क अनुसार असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख १० हजार ६५४ छ ।
त्यस्तै ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण