मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
काठमाडौँ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ । मनसुनजन्य विपद् वा महामारी जस्ता सङ्कटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो ।
“विपद्को समयमा जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाइहरूबिच समन्वयात्मक रूपमा गरिने छ”, निर्णयमा भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिम हुनसक्ने भएको सोको न्यूनीकरण गर्न विपद् प्रतिकार्य तथा पूर्वतयारीलाई तीव्र बनाइएको जनाएको छ ।
मनसुनको अवधिमा देशको विभिन्न स्थानमा वर्षा भइरहँदा सम्भावित बाढीपहिरो, डुबानलगायत मनसुनजन्य विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन प्राधिकरणले समन्वयलाई थप तीव्र बनाएको जानकारी दिएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले पनि मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकार भएका निकायबीच समन्वयलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण