दृष्टिविहीनहरुको टी–२० विश्वकप खेल्न पनि भारतीय टोली पाकिस्तान नजाने
काठमाडौँ । दृष्टिविहीनहरुको टी–२० विश्वकप क्रिकेट प्रतियोगिता पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगिता नोभेम्बर २३ देखि डिसेम्बर ३ तारिखसम्म पाकिस्तानमा खेलिने तय भएको छ ।
प्रतियोगितामा सहभागी राष्ट्रमध्ये भारत पनि एक हो । तर, भारतले अन्तिम समयमा आएर दृष्टिविहीनहरुको पुरुष टी–२० विश्वकपका लागि आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएको छ ।
सरकारसँगको छलफलपछि भारतीय ब्लाइन्ड क्रिकेट एसोसिएसन (आईबीसीए) ले आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएको समाचारमा जनाइएको छ ।
समाचारमा जनाइएअनुसार, दृष्टिविहीनहरुको टी–२० विश्वकपमा सहभागी हुन पहिले भारतको खेलकुद मन्त्रालयले आफ्नो टोलीलाई अनुमति दिएको थियो ।
तर, भारतको विदेश मन्त्रालयले पाकिस्तान भ्रमणको अनुमति नदिएपछि भारतले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो । आईबीसीएका सचिव शैलेन्द्र यादवले यो समाचारको पुष्टि गरेका छन् ।
‘विदेश मन्त्रालयबाट हामीले पाकिस्तान भ्रमणको अनुमति पाएनौँ । विदेश मन्त्रालयले हामीलाई प्रतियोगिताबाट नाम फिर्ता लिन पनि निर्देशन दियो,’ सचिव शैलेन्द्रले भनेका छन् ।
शैलेन्द्रका अनुसार, विदेश मन्त्रालयले पाकिस्तान भ्रमण रद्द गर्न लिखित पत्र भने दिएको छैन । ‘मन्त्रालयले मौखिक रुपमा हामीलाई निर्देशन दिएको हो,’ आईबीसीएका सचिव शैलेन्द्रले भने ।
उनले पछिल्लो २५ दिनदेखि आफूहरुले पाकिस्तान भ्रमणका लागि अनुमति मागिरहेको पनि बताए । दृष्टिविहीनहरुको विश्वकपको हरेक संस्करणमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
भारत दृष्टिविहीनहरुको टी–२० विश्वकपको साविक विजेता पनि हो । भारतले सन् २०१२, सन् २०१७ र सन् २०२२ मा यो प्रतियोगिताको उपाधि जितेको थियो । अघिल्लो संस्करणको फाइनलमा भारतले बंगलादेशलाई एक सय २० रनले हराएको थियो ।
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करण पनि सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमै आयोजना हुँदैछ । तर, भारतीय टोली च्याम्पिन्स ट्रफी खेल्न पनि पाकिस्तान भ्रमणमा नजाने भएको छ ।
च्याम्पियन्स ट्रफीको आगामी संस्करणका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान नपठाउने भएपछि विवाद पनि उत्पन्न भएको छ । बीसीसीआईले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण