पुथा उत्तरगंगा–२ का एमाले उम्मेदवार रोकाले भने– राजी खुसीले उम्मेदवारी फिर्ता लिएँ
काठमाडौँ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को रिक्त वडा अध्यक्ष पदमा एमालेबाट उम्मेदवारी दिएका जीवन रोकाले आफूले राजी खुशी उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
रोकाले बुधवार विज्ञप्ति जारी गर्दै आफूलाई एमाले जिल्ला कमिटीले टिकट दिएर उम्मेदवार बन्ने अवसर दिएकोमा धन्यवाद दिँदै नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष पदका उम्मेदवार जगत घर्तीलाई समर्थन गरेको बताएका छन् ।
उनले पुथा उत्तरगङ्गा गाउँपालिका २ नम्बर वडा हिमाली जिल्ला रुकुम पूर्वको अति विकट र दुर्गम क्षेत्रमा अवस्थित वडा भएको र वडाको विकास, समृद्धि र सामाजिक रूपान्तरणको काम सबै मिलेर मात्र सम्भव हुन्छ भन्ने ध्येयका साथ नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष पदका उम्मेदवार जगत घर्तीलाई समर्थन गरेको बताएका छन् । उनले घर्ती पुरानो तथा स्थापित नेता र सबैको अभिभावक समेत भएको उनको भनाइ छ ।
‘हाम्रो वडाको समग्र विकास र जनभावनाको सम्बोधन गर्न सक्ने निर्विकल्प समाजसेवी नेतासँग निर्वाचनमा प्रतिस्पर्धा गर्न मेरो राजनीतिक सामाजिक र नैतिक दृष्टिले पनि उपयुक्त नहुने भएकोले मैले नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजु) लाई समर्थन गरी मेरो राजी खुसीबाट उम्मेदवारी फिर्ता लिएको छु’, रोकाले भनेका छन्, ‘यसबाट मेरो पार्टी र शुभचिन्तकहरू प्रति पर्न जाने असर प्रति क्षमायाचना गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण