प्लाष्ट नेपालले भृकुटीमण्डपमा प्लाष्टिक प्रर्दशनी गर्ने
काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३ देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारबाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको यस मेला÷प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया÷सेवा प्रदायकहरुको सहभागिता हुनेछ भने मेलाको सहआयोजक भारतको कम्प्लाष्ट रहेको छ ।
यस मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा मेलाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरुमा जागरण ल्याउने एवं जानकारी गराउने, प्लाष्टिक उद्योगहरुको जनशक्ति विकास गर्न तालिम÷प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउने÷हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको परीक्षण र विकास सम्वन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको सम्वन्धमा ३ आरको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरी नेपाललाई प्लाष्टिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यसहित स्थापना भएको प्लाष्ट नेपाल फाउण्डेशनले यसभन्दा अगाडि तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण