कीर्तिपुरमा माओवादीका महर्जनलाई मत दिन माधवको आह्वान
बुधबार, ०५ मङ्सिर २०८१, १७ : १६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी बनाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका उम्मेदवार रिजालको उम्मेदवारी निष्क्रिय भएकाले मेयर पदमा माओवादी केन्द्रका प्राडा शिवशरण महर्जनलाई र वडानम्बर ४ मा रिता खड्कालाई विजय गराउन आह्नवान गरेका छन् ।
खड्का एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी हुन् । एकीकृत समाजवादीले माओवादीका महर्जनलाई सघाउने यसअघि नै निर्णय गरेको थियो । तर उम्मेदवारी फिर्ता नलिएर निष्क्रिय गराएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण