‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डा. आयुष्नोभा ढुङ्गाना इजिप्ट उडेकी छन् । इजिप्टको शर्म अल शेख स्थित सनराइज रिमल होटलमा २१ नोभेम्बर (बिहीबार)देखि आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उनी बिहीबार इजिप्ट उडेकी हुन् । उनी टर्कीको स्तानबुल हुँदै इजिप्ट पुग्नेछिन् ।
इजिप्ट उड्नु अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्तलमा संचारकर्मीसँग कुरा गर्दै उनले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनु गौरवको विषय भएको बताइन् । प्रतियोगिताको शीर्ष उपाधि नेपाल भित्र्याउने आफ्नो पहिलो लक्ष्य हुने उनले सुनाइन् ।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगितामा उनी नेपालको एक्लो सहभागी हुन् । राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर उनले प्रतियोगीताका लागि पहिरन समेत तयार गरेकी छन् ।
प्रतियोगीताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्राकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषि र नेपाली पहिरन लगायतका कला संस्कृति समेत झल्काएकी छन् ।
ढुङ्गानाले कलाकारिता र डाक्टर पेसा समेत एकसाथ अगाडि बढाइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण