३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
काठमाडौँ । गत वर्ष पुस तेस्रो सातायता देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै, सबैभन्दा कम संक्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् । यस्तै, कोशीमा १ हजार ९५९ जना र मधेस प्रदेशमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बागमतीमा ११ हजार ४२४ जना, लुम्बिनीमा १ हजार ६९७ जनामा संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा १ हजार ३६९ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ५२३ जनामा सङ्क्रमण देखिएको छ । देशभर ७७ जिल्लामध्ये हुम्ला बाहेक सबै (७६ जिल्ला) मा डेंगु देखिएको ईडीसीडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण