विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
पर्थ । अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाको पर्थमा जारी पहिलो टेस्ट म्याचको तेस्रो दिन विराट कोहलीले अर्धशतकीय पारी खेलेका छन् ।
यस क्रममा कोहलीले अस्ट्रेलियाको मैदानमा सन् २०१८ यता पहिलो पटक आइतबार छक्का प्रहार गरे । अस्ट्रेलियाविरुद्ध उनले टेस्ट क्रिकेटमा उसकै मैदानमा केवल चार छक्का प्रहार गरेका छन् । यद्यपि, अस्ट्रेलियाकै धर्तीमा सचिन तेन्दुलकरपछि सबैभन्दा धेरै रन बनाउने भारतीय खेलाडी कोहली नै हुन् ।
आइतबार कोहलीले अस्ट्रेलियाली तीव्र गतिका बलर मिचेल स्टार्कको बलमा छक्का प्रहार गरेका हुन् । अफ स्टम्पभन्दा बाहिरको बललाई कोहलीले कट गरेर थर्डम्यानको दिशामा छक्का प्रहार गरेका थिए ।
छक्काका रूपमा बाउन्ड्री नजिकै खसेको बल उफ्रिएर एक सुरक्षाकर्मीको टाउकोमा बज्रिएको थियो । त्यतिबेला ती सुरक्षाकर्मी भने कुर्सीमा बसेर दर्शकतिर फर्किएका थिए ।
सुरक्षाकर्मीलाई बलले लाग्नासाथ अस्ट्रेलियाली टिमका फिजियोले उनको अवस्थाबारे जानकारी लिएका थिए भने अस्ट्रेलियाका स्पिनर नाथन लायन पनि त्यहाँ पुगेर उनलाई लागेको चोटको अपडेट लिएका थिए ।
सुरक्षाकर्मीलाई चोट लागेपछि केहीबेर खेलसमेत रोकिएको थियो । तर, कुनै गम्भीर समस्या नदेखिएपछि खेललाई अघि बढाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण