काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन अन्तरगत काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा १८ जना उम्मेदवार कायम भएको छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवार मात्रै १० जना रहेका छन् ।
आयोगका अनुसार एमालेबाट लक्ष्मीरत्न मानन्धर, कांग्रेसबाट देवेन्द्र पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ, राप्रपाबाट श्याम कृष्ण श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट मीन बहादुर मानन्धर, नेमकिपाबाट न्हूज महर्जन, राप्रपा नेपालबाट राजकुमार थापा र जनता समाजवादी पार्टीबाट सानु मैया राउत क्षेत्री पुतुवार रहेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरूमा किसान श्रेष्ठ, श्याम प्रसाद तिवारी, देवेन्द्र कुमार श्रेष्ठ, प्रकाश पन्त, अञ्जन श्रेष्ठ, सूर्य बहादुर बैदार, सम शाक्य, पशुपति कठायत, हिरा प्रसाद सेती र विक्रम चित्रकार रहेका छन् । यो स्थानमा नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गरेको छ भने अन्य उम्मेदवार एक्काएक्लै लड्नेगरी मैदानमा छन् ।
आयोगका अनुसार सबै १८ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकिएको छ ।
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार मुकुन्द रिजाल विजयी भएका थिए । उनको निधनपछि यो स्थानमा उपनिर्वाचन हुन लागेको हो । त्यतिबेला रिजालले ४ हजार १९ मतका साथ विजय हासिल गर्दा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले ३ हजार ३१० मत पाएका थिए । यस्तै एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण गमालले १५८९ मत प्राप्त गरेका थिए ।
यस्तो छ उम्मेदवारको विवरण र चुनाव चिह्न


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण