गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार उपाध्यक्ष पदका लागि ७ दल र ९ स्वतन्त्र गरी १६ उम्मेदवार मैदानमा उत्रिएका हुन् ।
उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट उमा लुंगेली मगर शेर्पा, नेपाली कांग्रेसबाट पासदिकी तामाङ, नेकपा माओवादी केन्द्रबाट निम लेकी शेर्पा उम्मेदवार छन् । एमालेका उम्मेदवारले सूर्य, कांग्रेसकाले रुख, माओवादी केन्द्रकाले गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्नका साथ निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले गोमा श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठको चुनाव चिह्न घण्टी हो । यस्तै, हलो चुनाव चिह्नका साथ राप्रपाका उम्मेदवार मन कुमारी श्रेष्ठ, कलम चुनाव चिह्नका साथ नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, गोलाकारभित्रको मुठ्ठी चुनाव चिह्नका साथ जनता समाजवादी पार्टीका सपना कार्की खड्का चुनावी मैदानमा छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेमा अम्बिका श्रेष्ठ (आँखीझ्याल चुनावचिह्न), सर्किमा शेर्पा (कप प्लेट चुनावचिह्न), दिलबहादुर बस्नेत (कागजको फिरफिरे चुनावचिह्न) छन् ।
यसैगरी दिपक तामाङ (हजारी चुनावचिह्न), शिव शम्भु तामाङ (बिजुलीको खम्बा चुनावचिह्न), द्वारिका बुढाथोकी (चिम्टा चुनावचिह्न), अप्सरा विश्वकर्मा (सेलरोटीको चाङ चुनावचिह्न), मधुरा कार्की (डाडु पन्यु चुनावचिह्न) र पुष्प कार्की (क्याप चुनाव चिह्न) पनि स्वतन्त्र उम्मेदवार छन् ।
२०७९ को चुनावमा यो पालिकाको उपाध्यक्ष पदमा तीन उम्मेदवार मात्र प्रतिस्पर्धामा थिए । त्यतिबेला नेपाली कांग्रेसका श्याम सुन्दर तामाङ ४ हजार ७४१ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका मुना शिवाकोटी केसीले ३ हजार २८१ मत पाएकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका यसोदा पाठकले २४ मत पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण