नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
काठमाडौं । नेपाल र जापानबिचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको छ । सामाजिक सेवा मुलक गैर-नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । यस्तै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउने आशा गरिएको छ ।
निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालयको उदघाटन जापानी दूतावासका मिशन उप-प्रमुख तमुरा ताकाहिरोले गरे । यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिनेछ र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था गरिएको छ ।
सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १०,००० नेरु शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्ने, तर सदस्यता हस्तान्तरण गर्न भने नसकिने बताइएको छ । संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ ।
यो चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका-२७ मा रहेको छ । चेम्बरको कोष सदस्यता शुल्क, अनुदान, तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिने र कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिने भनिएको छ ।
नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ, सहकार्यका लागि निम्पोन चेम्बरले आग्रह गरेको छ । संस्थाको प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष, निर्वाचित उपाध्यक्ष साथै संचालक सदस्यहरु उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?
-
प्रधानमन्त्री ओलीद्वारा चिनियाँ कम्युनिस्ट पार्टीको सङ्ग्रहालय अवलोकन
-
प्रदेश सचिव र पालिका हाकिम प्रदेशले खटाउन पाउनुपर्ने माग
-
प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने
-
एक्सपेंग मोटर्स अब पोखरामा
-
एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि