अवैध उत्खननको आरोपमा खानी मुद्दा खेप्दै पाल्पा सिमेन्ट
काठमाडौँ । तानसेन ओपीसी सिमेन्ट उत्पादन गरेर भारतमा समेत निर्यात गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले अवैध उत्खननको आरोपमा मुद्दा खेपिरहेको छ ।
डिभिजन वन कार्यालय पाल्पाले तोकिएभन्दा बढी वन क्षेत्रको उपभोग गरी चुनढुङ्गा उत्खनन गरेको आरोप लगाएर जिल्ला अदालत पाल्पामा गएको कार्तिकमा मुद्दा दर्ता गरेको थियो ।
डिभिजन वनले पाल्पा सिमेन्ट इन्डस्ट्रिजका सञ्चालकहरू श्रवणकुमार अग्रवाल, राजेशकुमार अग्रवाल, विष्णुकुमार अग्रवाल र विनोदकुमार श्रेष्ठविरुद्ध मुद्दा दर्ता गराएको थियो । श्रेष्ठ अहिले पाल्पा सिमेन्टसँग आबद्ध नभए पनि उत्खनन गर्दा सञ्चालक रहेकाले उनी विरुद्ध पनि मुद्दा दर्ता भएको हो ।
विना इजाजत राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी वन पैदावार उत्खनन, ओसारपसार तथा विक्री वितरण गरेको वन कार्यालयले जनाएको छ । डिभिजन वनले पाल्पाको माथागढी गाउँपालिका वडा नं ७ मा उद्योगलाई खानी सञ्चालनका लागि ४.७५ हेक्टर वन उपयोग गर्न अनुमति दिएको थियो । तर उद्योगले थप ३.९० हेक्टर वन क्षेत्र प्रयोग गरेको डिभिजन वनले दाबी गरेको छ । उद्योगले ३.९० मध्ये ३.०२ हेक्टरमा चुनढुङ्गा उत्खनन गरेको र बाँकी ०.८८ हेक्टरमा उत्पादित परिमाणहरू भण्डारण, बाटो निर्माण, कार्यालय क्षेत्र, पार्किङलगायत बनाएको छ ।
पाल्पा जिल्ला अदालतमा उपस्थित भएर उद्योगका सञ्चालक अध्यक्ष राजेशकुमार अग्रवालले इन्कारी बयान दिएका छन् । अग्रवालले अनुमति पाएको ४.७५ हेक्टरभन्दा बढी वन क्षेत्रको प्रयोग तथा उत्खनन नगरेको बताएका छन् । अन्य सञ्चालकहरूले पनि सोही प्रकृतिको बयान दिएका छन् । बयानपछि उनीहरू जनही ५ लाख धरौटी राखेर रिहा भएका थिए । मुद्दा जिल्ला अदालत पाल्पामा विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण