विजय बरालले सुरु गरे ‘लाज शरणम’को सुटिङ
काठमाडौँ । ‘पूर्ण बहादुरको सारंगी’ अभिनेता विजय बरालले ‘लाज शरणम’को सुटिङको दोस्रो सेड्यूल सुरु गरेका छन् । काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट सुरु भएको दोस्रो चरणको सुटिङमा बरालले ज्वाइन गरेका हुन् ।
दसैँअघि फिल्मको डोल्पामा सुटिङ भएको थियो । फिल्मको अहिलेसम्म ९५ प्रतिशत छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन केही दिनमै सकिने निर्माण युनिटले जनाएको छ ।
आगामी १४ फागुन महाशिवरात्रि प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदीप बरालको छायाङ्कन छ । फिल्मका निर्माता नवीन श्रेष्ठ र सह–निर्माता राम नरेश शाह हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण