भारतविरुद्धका दोस्रो टेस्टका लागि नयाँ अनुहारसहितको अस्ट्रेलियन टोली
काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटका लागि अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ । बोर्डर–गावस्कर शृंखलाअन्तर्गतको पहिलो टेस्टमा भ्रमणकारी भारत दुई सय ९५ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।
पाँच टेस्टको शृंखलामा भारत १–० ले अगाडि छ । शृंखलाअन्तर्गतको दोस्रो टेस्ट डिसेम्बर ६ तारिखमा एडलेइडमा सुरु हुनेछ । उक्त टेस्ट दिवा–रात्री रुपमा खेलाइने छ । दोस्रो टेस्टका लागि घोषित अस्ट्रेलियन टोलीमा मिचेल मार्शलाई पनि समावेश गरिएको छ ।
यसअघि मिचेल मार्शले दोस्रो टेस्ट नखेल्ने बताइको थियो । टोलीमा अलराउन्डर ब्यू वेबस्टरलाई पनि स्थान दिइएको छ । उनी शेफिल्ड शिल्डमा तस्मानियाका लागि खेल्छन् । भारत ‘ए’ विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण क्रिकेट अस्ट्रेलियाले ब्यू वेबस्टरलाई टोलीमा स्थान दिएको हो ।
उनी क्षमतावान बलर पनि हुन् । उनले हालसम्म टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका छैनन् । दोस्रो टेस्टका लागि घोषित अस्ट्रेलियन टोलीमा प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, एलेक्स केरी (विकेटकिपर), जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, अस्मान ख्वाजा, मार्नस लाबुशेन, नाथन लियोन, मिचेल मार्श, नाथन म्याकस्विनी, स्टिभ स्मिथ, मिचेल स्टार्क र ब्यू वेबस्टर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण