चौथो प्लास्ट नेपाल २०२४ एक्स्पो भृकुटीमण्डपमा सुरु
काठमाडौँ । चौथो प्लास्ट नेपाल एक्स्पो भृकुटी मण्डपमा सुरु भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक्स्पोको दीप बालेर उद्घाटन गरेका छन् । मङ्सिर १३ गतेदेखि सुरु भएको यो एक्स्पो १५ गते सकिनेछ ।
प्लास्टिकजन्य वस्तुको उत्पादन, प्रशोधन, बिक्री गर्दै आएको उद्योगहरूको सङ्गठन प्लास्ट नेपाल फाउन्डेसनले एक्स्पोको आयोजना गरेको हो । प्लास्ट नेपाल एक्स्पोका सभापति तथा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले नेपालमा ८०० उद्योगले वार्षिक ७५ अर्बको प्लास्टिक उत्पादन गर्दै आएको बताए ।
‘गैरनाफामुलक रूपमा खोलिएको यस संस्थामा सुरुमा ६५ उद्योगी सहभागी थिए,’ श्रेष्ठले भने– ‘एक लाखभन्दा बढिले रोजगारी पाएका छन् । ९० प्रतिशत प्लास्टिक उत्पादन गरिरहेको छ ।’ प्लास्टिकले वातावरण प्रदूषण मात्रै नभएर जोगाएको बताए । प्राविधिक टेक्नोलोजीका मार्फत उत्पादन गरिएको प्लास्टिकले वातावरण असर नगर्ने उनको भनाइ छ
यसैगरी खुला सीमाका कारण भारतबाट न्यून गुणस्तरको प्लास्टिक आयात भइरहेको र नेपालमा उत्पादित वस्तु बिक्री नभइरहेको उनको भनाई छ । साथै सीमामा सरकारले कडा व्यवस्था गरी आयात रोक्नुपर्ने उनले बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवाले पनि नेपाली उत्पादनमा आवश्यक सम्पूर्ण कच्चापदार्थ आयातमा भन्सार दर घटाइनुपर्ने माग गरे।
यसैगरी प्लास्टिक उत्पादन क्षेत्रका लागि नेपालमा वातावरणमुखी नीति ल्याउनुपर्ने उनले बताए । नेपाल परिसंघका अध्यक्ष राजेश अग्रवालले प्लास्टिकजन्य वस्तुलाई पुनः प्रयोग गर्न सकिने भएकाले नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गर्न आग्रह गरे ।
‘नेपालमा पुनः प्रयोग गर्ने व्यवस्था गरे प्लास्टिकका कच्चा पदार्थ आयातमा कमी आउँछ। र देशको व्यापार घाटा कम हुने देखिन्छ,’ अध्यक्ष अग्रवालले भने । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्लास्टिक आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिनुपर्ने बताए । उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा प्लास्टिक प्रयोग बढ्दो रूपमा रहेको र यसले वातावरणमा असर पारिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण