बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

धनुषले नयनतारामाथि हाले मुद्दा

बिहीबार, १३ मङ्सिर २०८१, १२ : २०
बिहीबार, १३ मङ्सिर २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री नयनताराको एउटा डकुमेन्ट्रीमाथिको विवाद अन्त्य हुने कुनै संकेत छैन । ‘नयनताराः बियोन्ड द फेयरिटेल’लाई लिएर नयनतारा र धनुषबीचको विवाद चुलिरहेको समयमा धनुषले अहिले अभिनेत्री र उनको डकुमेन्ट्रीविरुद्ध मद्रास उच्च अदालतमा मुद्दा दायर गरेका छन् । 

एक रिपोर्टका अनुसार यो मुद्दा अभिनेत्री र उनका फिल्ममेकर पति विग्नेश शिवन विरुद्ध परेको हो । यसमा उच्च अदालतले जवाफ मागेको छ ।

‘लाइभ ल’मा छापिएको खबरका अनुसार धनुषको वन्डरबार फिल्म्स प्राइभेट लिमिटेड कम्पनीले नयनतारा, उनका श्रीमान् विग्नेश शिवन र उनीहरूको कम्पनी राउडी पिक्चर्स प्राइभेट लिमिटेडविरुद्ध मद्रास उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।आरोपीहरूले वृत्तचित्रमा धनुषको फिल्म ननुम राउडी धानका केही दृश्यहरु अनुमति नलिइकन प्रयोग गरेको भनेर भनिएको छ । 

यसबाहेक धनुषको कम्पनीले लस गाटोस प्रोडक्सन सर्भिसेज इन्डिया एलएलपीविरुद्ध मुद्दा दायर गर्न अनुमति मागेको थियो, जसलाई अदालतले स्वीकृत गरेको थियो । मद्रास उच्च अदालतले दुवै पक्षको प्रारम्भिक बहस सुनेर नयनतारालाई अर्काे सुनुवाइमा जवाफ दिन भनिएको छ ।
 
के हो पूरै मामिला ?
नयनताराले आफ्नो डकुमेन्ट्री ‘नयनताराः बियन्ड द फेयरी टेल’का धनुषको फिल्म ‘नानुम राउडी धान’ को गीत र भिजुअल प्रयोग गर्ने अनुमति मागेकी थिइन् । तर धनुषले अनुमति दिन अस्वीकार गरेका थिए । डकुमेन्ट्रीको ट्रेलर हेरेपछि ३ सेकेन्डको भिजुअल चोरी गरेको भन्दै अभिनेत्रीलाई १० करोड भारुको लिगल नोटिस पठाए । नानुम राउडी धनमा नयनतारा आफैं मुख्य अभिनेत्री थिइन् ।
 
यसपछि नयनताराले सामाजिक सञ्जालमा खुला पत्र लेख्दै धनुषलाई गाली गरिन् । ‘तिमी आफ्नो बुवा र भाइका कारण सफल अभिनेता बनेका हौं, तर फिल्म उद्योगमा मेरो कोही गडफादर थिएन । तर, तिमी यति तल झर्छाै भनेर मैले कहिले सोचेको थिइनँ ।’ 

पत्रमा धनुषलाई नयनताराले भनेकी थिइन् । नयनताराले खुला पत्र लेखेपछि धनुषका वकिलले विज्ञप्ति जारी गर्दै नयनतारालाई कानुनी कारबाही गर्ने कुरा गरेका थिए । २४ घण्टाको अल्टिमेटम दिँदै उनले उक्त फुटेज वृत्तचित्रबाट नहटाए १० करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप