सावेल प्रहार गरी साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ
बिहीबार, १३ मङ्सिर २०८१, १२ : ४८
काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिका–६ प्रतापुर लच्का बस्ने जित बहादुर मोक्तानको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय अम्मर बहादुर लोप्चनलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
अम्मर बहादुरले सावेल प्रहार गरी जित बहादुरलाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सावेल प्रहारबाट गम्भीर घाइते भएका जित बहादुरको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु साथी साथी रहेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण