सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
बिहीबार, १३ मङ्सिर २०८१, २२ : ००
काठमाडौँ । ब्रोकर कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनिष अर्याल नियुक्त भएका छन् । कम्पनीको आज बसेको संचालक समितिको बैठकले अर्याललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
चाटर्ड अकाउन्टेन्ट रहेका अर्याल शेयरबजारको विश्लेषकको रुपमा परिचित छन् । उनी लामो समयदेखि शेयरबजारमा आवद्द छन् । उनी जाल्पा सामुदायिक लघुवित्तका अध्यक्ष पनि भइसकेका छन् । उनी जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक पनि थिए ।
सीबीआईएल सेक्युरिटिज लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर नम्बर ९१ को रुपमा सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण