डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
काठमाडौँ । “स्वास्थ्य पहुँच समयमा, सबैमा” नाराका साथ विगत २ वर्ष देखि सञ्चालनमा रहेको डक्टर्स हब नेपालले यस नारालाई थप जीवन्त बनाउन भनिमंडल ललितपुरमा रहेको मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर संग सहकार्य गरेको छ। दुई संस्था बिच भएको सम्झौता अन्तर्गत भेटेरै सेवा लिन चाहने सेवाग्राहीहरुका लागि डक्टर्स हब नेपालका प्रतिनिधि विशेषज्ञहरु मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न समय तालिका अनुसार उपलब्ध रहनेछन् ।
स्वास्थ्य सँग सम्बन्धित विभिन्न विषयमा बनाइएका पोड्काष्ट र अनलाईन सामग्रीले प्रभावित भएर प्रत्यक्ष रुपमा विशेषज्ञ भेट्न र सेवा(सल्लाह लिन चाहने सेवाग्राहीको लागि यो सेवा विस्तार गरिएको सीईओ विज्ञान गुप्ताले बताए । ‘विशेषतः एउटै आनलाइन प्लाटफर्म मार्फत् विभिन्न रोग तथा स्वास्थ्य सेवाको जानकरी दिने, विभिन्न हस्पिटलमा कार्यारत विशेषज्ञ संग एकै ठाउँबाट अप्वाइन्टमेन्ट मिलाइदिने, कुनै समस्या भएपछि त्यसका लागि कुन डाक्टर भेट्ने, कहाँ जाने भनेर थाहा नभएकालाई सल्लाह दिई अप्वाइन्टमेन्ट दिलाउने साथै टाढा भएका वा फुर्सद नमिल्ने व्यक्तिका लागि अनलाइन परामर्श गराइदिने उद्देश्यका साथ डक्टर्स हब नेपालको सुरुवात भएपनि सेवाग्राहीले डक्टर्स हब नेपालकै क्लिनिक तथा हस्पिटल आउन चाहेको कारण पनि यो सहकार्य गरेका हौँ र आगामी दिनमा आधुनिक सेवासुविधा दिने यस्तै क्लिनिकरहस्पिटलको सहकार्यमा थप गाउँ(शहरमा पनि विस्तार गर्नेछौं’ सीईओ गुप्ताले बताए।
डक्टर्स हब नेपालले हाल अनलाईन परामर्शका साथै विभिन्न क्लिनिक–हस्पिटलमा अप्वाइन्टमेन्ट गराइदिने कार्य गरिरहेको छ भने भविष्यमा घरमै डाक्टर–निर्सिंग–फिजियो सुविधा उपलब्ध गराउने, अनलाइन फार्मेसी संचालन गर्ने र स्वास्थ्य संग सम्बन्धित विभिन्न वस्तु पनि विभिन्न सेवाप्रदायकको सहकार्यमा आफ्नै प्लटफर्म मार्फत् उपलब्ध गराउने उद्देश्य लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण