प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
काठमाडौँ । सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (सोपान) ले विद्युत् प्राधिकरणको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) बाट डेडिकेटड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णयमा आपत्ति जनाएको छ ।
१२ गते प्राधिकरणले पत्र पठाइ डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगी सञ्चालक रहेका जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादकबाट पीपीए बमोजिम रकम कटौती गर्ने जनाएको थियो । सोपानले यसमा आपत्ति जनाएको छ ।
प्राधिकरणको उक्त पत्र पीपीए सम्झौता विपरीत रहेको उल्लेख गर्दै सोपानले भनेको छ, ‘केवल सेयरधनीको आधारमा एउटा कम्पनीले भुक्तान गर्नुपर्ने रकमको दायित्व विल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानुनको स्थापित सिद्धान्त विपरीत समेत छ ।’
ऊर्जा कम्पनीको कयौँ सर्वसाधारणको समेत लगानी रहेको हुँदा प्राधिकरणले पत्र पठाएअनुसार कदम चाले सम्पूर्ण सेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्ने सोपानले जनाएको छ । त्यसरी बक्यौता असुल गरे प्रशस्त विदेशी लगानी ऊर्जा क्षेत्रमा नकारात्मक असर पर्ने सोपानको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण