च्याम्पियन्स ट्रफीको प्रश्नमा बीसीसीआई उपाध्यक्षले भने, ‘पाकिस्तानसँग वार्ता भइरहेको छ’
नयाँ दिल्ली । सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भारतीय टोली सहभागी हुने कि नहुनेमा शंका कायमै छ । भारतीय टोली सन् २००८ देखि पाकिस्तान गएको छैन ।
अब भारत पाकिस्तान जाने प्रश्नमा बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले आफ्नो प्रतिक्रिया दिएका छन्। शुक्ला भन्छन् , ‘पाकिस्तान क्रिकेट बोर्डसँग वार्ता भइरहेको छ। आईसीसीले पनि पहल गरिरहेको छ। सरकारले जे भन्छ, त्यही गर्छौं भन्ने हाम्रो अडान स्पष्ट छ।’
शुक्रबार साँझ नै परराष्ट्र मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलन गरी भारतीय टोली पाकिस्तान जाने सम्भावना नरहेको बताएका थिए । पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवाललाई भारतीय टोली पाकिस्तान जाने विषयमा प्रश्न सोधिएको थियो ।
जवाफमा रणधीर जैसवालले भनेका थिए, ‘बीसीसीआईले यस सम्बन्धमा एक बयान जारी गरेको छ। बीसीसीआईले त्यहाँ (पाकिस्तानमा) सुरक्षाको चिन्ता रहेको बताएको छ। त्यसैले पनि टोली त्यहाँ पुग्छ जस्तो लाग्दैन ।’
च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा आयोजना हुने भएको छ । धेरै रिपोर्टमा बीसीसीआईले आईसीसीलाई पाकिस्तान नजाने लिखित जानकारी दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण