चार महिनामा करिब दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात
शनिबार, १५ मङ्सिर २०८१, १७ : ११

काठमाडौँ । चार महिनामा झन्डै दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको हो ।
जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा एक अर्ब ९० करोड दुई लाख ४१ हजार रुपैयाँको १२ लाख पाँच हजार ९०० किलो अलैँची निर्यात भएको छ ।
यसै गरी सात लाख २० हजार रुपैयाँको २४० किलो अलैँची फ्रान्समा र एक लाख ७३ हजार रुपैयाँको ११० किलो अलैँची अस्ट्रेलिया निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा अध्यक्ष लिङ्देनलाई प्रश्न : तपाईं संविधान मान्नु हुन्छ ?
-
कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)
-
प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता, ‘लेटर अफ गुडविल’ मा हस्ताक्षर
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू