बीजे इन्टरनेशनल बन्यो उत्कृष्ट करदाता
काठमाडौँ । बीजे इन्टरनेशनल प्रालि उत्कृष्ट करदाताको रूपमा छनोट भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाले उक्त कम्पनीलाई आर्थिक वर्ष २०८०÷०८१ मा नियमित रूपमा सबैभन्दा बढी कर बुझाएको भन्दै उत्कृष्ट करदाताको रूपमा छनोट गरेर पुरस्कृत गरेको हो ।
नगरपालिकाले गरेको करदाताको सम्मान कार्यक्रमको अवसरमा वडा नम्बर ४ मा रहेको कम्पनीलाई आर्थिक वर्ष २०८०÷०८१ मा नियमित रूपमा सबैभन्दा बढी कर बुझाई उत्कृष्ट करदाताका रूपमा छनोट गरी सम्मान पत्र प्रदान गरिएको नगर प्रमुख हरिगोविन्द श्रेष्ठसहितले हस्ताक्षर गरेको प्रमाणपत्रमा उल्लेख छ । उक्त कम्पनीले कोरियाको टेक्नोलोजीसहित नेपालमा विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ ।
उत्कृष्ट करदातामा छनोट भएसँगै कम्पनीका अध्यक्ष विनोद कुँवरले बीजे इन्टरनेशनल परिवारको हरेक सदस्यको परिश्रम, समर्पण र टीमवर्कको परिणामबाट यो प्रमाणपत्र प्राप्त भएको बताए । नियमित रूपमा सबैभन्दा बढी कर बुझाई उत्कृष्ट करदाताका रूपमा महालक्ष्मी नगरपालिकाबाट यस्तो सम्मान प्राप्त गर्न पाउँदा खुसी लागेको बताउँदै उनले यसले आफूहरूलाई अझ उत्कृष्टता हासिल गर्न प्रेरित गरेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण