हालसम्म एमालेबाट को-को भए विजयी ?
सोमबार, १७ मङ्सिर २०८१, ०१ : २०
![हालसम्म एमालेबाट को-को भए विजयी ?](https://npcdn.ratopati.com/media/news/uml-news_QYQL02CUXo.jpg)
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको नजिता आउने क्रम जारी छ । हालसम्मको मतपरिणमा अनुसार चुनावी नजितामा ठूला दलकै वर्चश्व देखिन्छ । सत्तारुढ नेकपा एमाललेले हालसम्म चार ठाउँमा जित हासिल गरेको छ ।
महोत्तरीको रामगोपालेश्वर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी भएका छन् मने दैलेखको दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही विजयी भएका छन् । यस्तै, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका –३ मा कुमारी सावादेन विजयी भएकी छन् ।