महालक्ष्मी बैंकका मार्केटिङ हेड बसन्त बक्सीले पाए मार्केटिङ लिडर अवार्ड
सोमबार, १७ मङ्सिर २०८१, ०९ : ५२
काठमाडौँ । महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले ‘मार्केटिङ लिडर अवार्ड’ पाएका छन् । ट्रेडफ्लोक बिजनेस म्यागजिनले उनलाई २०२४ मा एसियाका उत्कृष्ट मार्केटिङ लिडरहरूमध्ये एक उत्कृष्टका रूपमा मान्यतासहित अवार्ड दिएको हो।
महालक्ष्मी बैंकमा उनले नवीन सोचसहितका मार्केटिङ रणनीतिहरू कार्यान्वयन गर्दै एनजिओहरूसँग साझेदारीमार्फत सामाजिक उत्तरदायित्व सम्बोधन गर्न उल्लेखनीय योगदान दिँदै आएका छन् । साथै, डिजिटल परिवर्तन र रचनात्मक सञ्चार माध्यमहरूको प्रयोगले ग्राहकहरूको संलग्नता र व्यावसायिक उपलब्धिमा उल्लेखनीय वृद्धि ल्याएको बैंकले जनाएको छ ।
सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए हासिल गरेका बसन्तले प्राप्त गरेको अवार्डले संस्थालाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण