१ सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ३८
मकवानपुर । हेटौँडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागुऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरिबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्धा गाडीलाई जाँच गर्ने क्रममा गाडीको डालामा बालुवा र मलले छोपी राखेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण