३२ वर्षको उमेरमै अस्ताए दक्षिण कोरियाली चर्चित अभिनेता
मङ्गलबार, १८ मङ्सिर २०८१, १७ : १६
सोल । दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको निधन भएको छ । ३२ वर्षीय अभिनेताको मृत्यु कार्डियक अरेस्टका कारण भएको बताइएको छ ।
कोरियाली सञ्चार माध्यमका अनुसार उनी चीनमा बिदा मनाउन गएका थिए । त्यहीँ उनको मृत्यु भएको बताइएको छ ।
मृत्युको खबर अभिनेताको परिवार र उनको एजेन्सीले सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत दिएका हुन् । उनको अन्तिम संस्कार इवाह सोल अस्पतालमा नोभेम्बर ४ मा गरिने बताइएको छ । जेले कयौँ कोरियाली ड्रामा फिल्म र सिरिजमा काम गरेका छन् ।
उनी सबैभन्दा धेरै भने कोरियाली ड्रामा सिरिज ‘आइडलः द कूप’का चर्चित थिए । यसबाहेक उनले लिटल वुमन, नम्बर्स, कोरियन–खितन वार, कल इट लभ जस्ता ड्रामामा पनि काम गरेका छन् ।
उनले हालै स्न्याप एन्ड स्पार्क नाम गरेको ड्रामामा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत
-
एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ : ज्ञवाली
-
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ
-
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस