३२ वर्षको उमेरमै अस्ताए दक्षिण कोरियाली चर्चित अभिनेता
मङ्गलबार, १८ मङ्सिर २०८१, १७ : १६
सोल । दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको निधन भएको छ । ३२ वर्षीय अभिनेताको मृत्यु कार्डियक अरेस्टका कारण भएको बताइएको छ ।
कोरियाली सञ्चार माध्यमका अनुसार उनी चीनमा बिदा मनाउन गएका थिए । त्यहीँ उनको मृत्यु भएको बताइएको छ ।
मृत्युको खबर अभिनेताको परिवार र उनको एजेन्सीले सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत दिएका हुन् । उनको अन्तिम संस्कार इवाह सोल अस्पतालमा नोभेम्बर ४ मा गरिने बताइएको छ । जेले कयौँ कोरियाली ड्रामा फिल्म र सिरिजमा काम गरेका छन् ।
उनी सबैभन्दा धेरै भने कोरियाली ड्रामा सिरिज ‘आइडलः द कूप’का चर्चित थिए । यसबाहेक उनले लिटल वुमन, नम्बर्स, कोरियन–खितन वार, कल इट लभ जस्ता ड्रामामा पनि काम गरेका छन् ।
उनले हालै स्न्याप एन्ड स्पार्क नाम गरेको ड्रामामा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण