बलियो बायर्न म्युनिखलाई हराउँदै साविक विजेता बायर लेभरकुसेन क्वार्टरफाइनलमा
काठमाडौँ । साविक विजेता बायर लेभरकुसेन जर्मन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई १–० गोलले हराउँदै बायर लेभरकुसेन क्वार्टरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा खेलिएको उक्त खेलमा बायर्न म्युनिख प्रारम्भमै १० खेलाडीमा समेटिएको थियो । खेल सुरु भएको १७औँ मिनेटमा बायर्न म्युनिखका प्रभावशाली गोलरक्षक म्यानुएल न्युयर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
बायर लेभरकुसेनका खेलाडी जेरेमी फ्रिम्पोङलाई फल गरेपछि उनले रातो कार्ड पाएका थिए । १० खेलाडीमा सिमित भए पनि बायर्न म्युनिखले पहिलो हाफमा बायर लेभरकुसेनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
बायर लेभरकुसेनका लागि निर्धारित समयको ६९औँ मिनेटमा नाथन टेल्लाले निर्णायक गोल गरे । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन र बायर लेभरकुसेन क्वार्टरफाइनलमा पुग्न सफल भयो ।
बायर्न म्युनिख सबैभन्दा बढीपटक जर्मन कपको उपाधि चुम्ने टोली हो । बायर्न म्युनिखले हालसम्म २० पटक जर्मन कपको उपाधि जितेको छ । बायर लेभरकुसेनले भने हालसम्म दुईपटक जर्मन कपको उपाधि हात पारेको छ । वेर्डर ब्रेमेन र भीएफबी स्टुटगार्ट पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण