बलियो बायर्न म्युनिखलाई हराउँदै साविक विजेता बायर लेभरकुसेन क्वार्टरफाइनलमा
काठमाडौँ । साविक विजेता बायर लेभरकुसेन जर्मन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई १–० गोलले हराउँदै बायर लेभरकुसेन क्वार्टरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा खेलिएको उक्त खेलमा बायर्न म्युनिख प्रारम्भमै १० खेलाडीमा समेटिएको थियो । खेल सुरु भएको १७औँ मिनेटमा बायर्न म्युनिखका प्रभावशाली गोलरक्षक म्यानुएल न्युयर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
बायर लेभरकुसेनका खेलाडी जेरेमी फ्रिम्पोङलाई फल गरेपछि उनले रातो कार्ड पाएका थिए । १० खेलाडीमा सिमित भए पनि बायर्न म्युनिखले पहिलो हाफमा बायर लेभरकुसेनलाई गोलरहित बराबरीमा रोकेको थियो ।
बायर लेभरकुसेनका लागि निर्धारित समयको ६९औँ मिनेटमा नाथन टेल्लाले निर्णायक गोल गरे । त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन र बायर लेभरकुसेन क्वार्टरफाइनलमा पुग्न सफल भयो ।
बायर्न म्युनिख सबैभन्दा बढीपटक जर्मन कपको उपाधि चुम्ने टोली हो । बायर्न म्युनिखले हालसम्म २० पटक जर्मन कपको उपाधि जितेको छ । बायर लेभरकुसेनले भने हालसम्म दुईपटक जर्मन कपको उपाधि हात पारेको छ । वेर्डर ब्रेमेन र भीएफबी स्टुटगार्ट पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी र मधेस प्रदेशमा शीतलहर, अन्यत्रको मौसम कस्तो रहला ?
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
-
आँधी प्रभावित क्षेत्र पुगेर ट्रम्पले दिए संघीय आपतकालीन एजेन्सी भङ्ग गर्ने चेतावनी
-
शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे