सेयर बजार २५ अंकले घट्यो, विशाल बजार नकारात्मक सर्किट नजिक
काठमाडौँ । सेयर बजार परिसूचक झण्डै २५ अंकले घटको छ । साताको चौथो दिन बुधबार परिसूचक २४.९७ विन्दुले घटेर २७५०.८७ अंकमा आइपुगेको हो । बजारमा आज ९ अर्ब १३ करोड रुपैयाँ बराबरको २ करोड कित्ता भन्दा धेरै शेयर कारोबार भयो ।
आज बजारमा १०४ कम्पनीको शेयरमूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर रहेको देखिन्छ ।
उपसमूहका आधारमा आज हाइड्रो, उत्पादनमूलक उद्योग र माइक्रोफाइनान्स समूह सामान्य रूपमा बढ्दा बाँकी उपसमूहका सूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.९४ प्रतिशतले घटेको देखिन्छ ।
बजारमा आज खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल हाइड्रोपावरका सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, एलआईसी नेपालको नकारात्मक सर्किट लाग्दा विशाल बजार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ । विगत दुई सातामा मात्रै झण्डै ७५ प्रतिशत मूल्य बढेको उक्त कम्पनीको मूल्य आज प्रतिकित्ता ६४२ घटेर ६ हजार ३७२ रुपैयाँमा झरेको हो ।
आज कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर र कारोबार भएको शेयर सङ्ख्या र कारोबार सङ्ख्याको आधारमा आँखुखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण