प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई झट्का
बिहीबार, २० मङ्सिर २०८१, ०३ : ५३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई झट्का लागेको छ । न्युक्यासल युनाइटेडले घरेलु मैदानमा लिभरपुललाई कडा टक्कर दिएको हो । यी दुईले ३-३ को बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले लिभरपुलको अंक दुरी बढाउने योजनामा धक्का लागेको छ ।
लिभरपुललाई जितउन्मुख गर्न मोहम्मद सालाहले निकै प्रयास गरे । उनले दुई गोलको योगदान गरे । यद्यपि, बराबरी गर्नबाहेक अन्य जुक्ति चलेन । सुरुवातमा भने घरेलु टोलीविरुद्ध कर्टिस जोन्सले गोल फर्काएका थिए ।
लिभरपुल शीर्ष स्थानमै भए पनि दोस्रो स्थानको चेल्सीसँग अंकदुरी घटेको छ । यद्यपि, चेल्सीसँग अहिले पनि ७ अंकको फरक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण