दक्षिण कोरियाका रक्षामन्त्रीको राजीनामा स्वीकृत
सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गरेका छन् । बिहीबार उनले किमको राजीनामा स्वीकृत गरेका हुन् । युनलाई मार्शल ल लागू गर्न सुझाव किमले नै दिएको बताइएको छ । किमले यो घटनाको सम्पूर्ण जिम्मा आफूले लिएको भन्दै युनसमक्ष आफ्ना राजीनामा दिएका थिए ।
किम सेवानिवृत्त सेना जनरल हुन् । युनसँग उनी एउटै विद्यालयमा पढेका थिए । उनलाई युनको विश्वास पात्रको रुपमा हेरिएको थियो । सेप्टेम्बरमा सुनुवाइको क्रममा किमले देशभित्र असहमतिलाई दबाउन मार्शल ल लागू हुन सक्छ भन्ने विपक्षीको आरोपलाई अस्वीकार गर्दै यसलाई झुटो प्रचार भनेका थिए ।
रक्षा मन्त्रीको हैसियतमा किमले उत्तर कोरिया विरुद्ध कडा अडान लिएका थिए भने अमेरिकासँग दक्षिण कोरियाको दीर्घकालीन गठबन्धनलाई बलियो बनाउने प्रयास गरेका थिए । विपक्षी डेमोक्रेटिक पार्टीले देशद्रोहको आरोपमा किममाथि महाभियोग लगाउन माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासी र भूमिहीनको अधिकारका लागि महाअभियानको विरोध प्रदर्शन
-
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण