बढ्दैछ युन सुक–योलको अप्ठ्यारो, कटौती होला राष्ट्रपतिको शक्ति ?
सोल । दक्षिण कोरियाको सत्तारुढ दलका नेता हान डोङ–हुनले राष्ट्रपति युन सुक–योलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताएका छन् । डोङ–हुनको बयानलाई पार्टीले राष्ट्रपति विरुद्ध महाभियोग लगाउने विचार गर्न सक्ने संकेतको रुपमा हेरिएको छ ।
यस अघि भने पार्टीले सुक–योलविरुद्ध महाभियोगको विरोध गर्दै आएको थियो । सुक–योलले मंगलबार राति एक्कासी दक्षिण कोरियामा मार्शल ल लागू गरेपछि देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ । यसका लागि उनीमाथि विपक्षी दलहरूले महाभियोग लगाएका छन् ।
पिपुल्स पावर पार्टीका नेता डोङ–हुनले राष्ट्रपति सुक–योलको शक्तिहरू निलम्बन गर्नुपर्ने बताएका छन् । मार्शल लको समयमा राष्ट्रपतिले प्रमुख राजनीतिक नेताहरूलाई पक्राउ गर्न सेना प्रयोग गर्ने प्रयास गरेको जानकारी प्राप्त भएको डोङ–हुनले बताएका छन् ।
‘राष्ट्रपतिको अधिकार छिट्टै कटौती गर्नु अत्यन्त जरुरी छ, किनभने उनले फेरि मार्सल ल लगाउने जस्ता खतरनाक कदम चाल्न सक्छन्, जसले दक्षिण कोरिया र त्यहाँका नागरिकलाई ठूलो खतरा निम्त्याउन सक्छ,’ उनले भनेका छन् । यस अघि भने डोङ–हुनले महाभियोग प्रस्ताव अस्वीकार गर्ने प्रयास गर्ने बताए पनि मार्शल ल लगाउने सुक–योलको निर्णयलाई असंवैधानिक बताएका थिए ।
महाभियोग लगाउन राष्ट्रिय सभाका दुई तिहाई सदस्य अर्थात् ३०० मध्ये २०० सांसदको समर्थन चाहन्छ । विपक्षी दलसँग जम्मा १९२ सिट छ । अर्थात् यो प्रस्ताव पारित गर्न सत्ताधारी पीपुल्स पावर पार्टीका ८ सांसदहरूको समर्थन चाहिनेछ । संसदले बुधबार मार्शल ल खारेज गर्दाखेरि यसलाई सत्तारुढ दलका सांसदहरूले पनि यसलाई समर्थन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण