सैफ र दीपेन्द्रको शानदार ब्याटिङ, सुदूरपश्चिमद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । सैफ अलि जेब र कप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ प्रदर्शनको मद्दतले सुदूरपश्चिम रोयल्यसले लुम्बिनी लायन्ससामु १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियिर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको हो ।

टोलीका लागि जेबले सर्वाधिक ९० रनको योगदान दिए । मात्र ६१ बलको इनिङ्समा उनले ६ चौका र ५ छक्का प्रहार गरे । उनले रामोन सिमन्ड्सको बलमा क्याच आउट हुन पुगे ।

कप्तान दीपेन्द्रले विस्फोटक पारी खेले । उनले मात्र १९ बलमा नटआउट रहँदै ३९ रन बनाए । उनले ४ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, ब्रान्डन म्याकमुलनले २० बलमा २३ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । ओपनर विनोद भण्डारीले १३ बलमा १७ रन जोडे । उनले २ चौका प्रहार गरे । स्कट कुगेलियनले ११ रन बनाए ।

लुम्बिनीका लागि रमोन सिमन्ड्सले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर एक विकेट लिए । विवेक यादवले पनि एक विकेट हात पारे ।

जारी प्रतियोगितामा सुदूरपश्चिमको यो तेस्रो खेल हो । टोली हालसम्म अपराजित रहेको छ । यसअघिका दुवै खेल जितेको टोली अङ्क तालिकामा ४ अङ्कसहित दोस्रो स्थानमा छ । टोली पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध विजयी बनेको थियो भने दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई हराएको थियो ।

लुम्बिनीको पनि यो तेस्रो खेल हो । तर, टोली हालसम्म जितविहीन रहेको छ । यसअघिका दुवै खेलमा टोली पराजित भएको थियो ।
पहिलो खेल विराटनगर किंग्ससँग हारेको लुम्बिनी दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग स्तब्ध बनेको थियो । टोली अङ्क तालिकामा पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण