बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको उपविजेता टोली हो सुदूरपश्चिम रोयल्स । प्रतियोतिगतामा फाइनलसम्म पुगेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । पहिलो सिजनमा उपाधि उचाल्न नसकेको सुदूरपश्चिम यो सिजन भने उपाधि जित्ने लक्ष्यमा छ । 

उपाधि होडमा भएको सुदूरपश्चिमले चार जना विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । क्रिकेटको उर्भर भूमि मानिएको सुदूरपश्चिममा राष्ट्रिय टोलीका ५० प्रतिशतभन्दा धेरै खेलाडी उत्पादन भएका छन् । नेपाली क्रिकेटका समर्थकको हिसाबले हेर्ने हो भने आँकडा थप बलियो छ । 

सोही सुदूरपश्चिको प्रतिनिधित्व गर्ने सुदूरपश्चिम अहिले एनपीएलमा बलियो दाबेदार हो । नेपाली घरेलु क्रिकेटमा सुदूरपश्चिमको बेग्लै चार्म छ । सुदूरपश्चिम रोयल्सको यही चार्म फ्रेन्चाइजी लिग एनपीएलमा देखियो । 
एनपीएलको बलियो र भाग्यमानी क्लब हो सुदूरपश्चिम रोयल्स छ । तर, फाइनलमा भने कमजोर हुन पुग्यो । भाग्यमानी यस अर्थमा देखियो कि सुदूरपश्चिम टिमका लगानीकर्ता, कप्तान, ब्रान्ड एम्बासडर, कार्यकारी निर्देशक र प्रशिक्षक पनि सुदूपश्चिमकै हुन् । 

गोलप्रथाबाट कप्तान दीपेन्द्र सिंह ऐरीलाई पाएको सुदूपश्चिमले प्रशिक्षकमा पनि सुदूरपश्चिमकै जगत टमाटालाई राख्यो । ऐरी र टमाटा जोडिँदा सुदूरपश्चिम टिमको भेगीय नाता झनै राम्रो बन्न पुग्यो । 

टोलीमा सुदूपश्चिमकै खेलाडीहरू विनोद भण्डारी, नरेन साउद, अविनास बोहोरा पनि छन् । टिमका मुख्य लगानीकर्ता स्वतन्त्र प्रताप शाहको छ । उनले सुदूपश्चिम टिम नै रोज्नुको मुख्य कारण पनि भेगीय नाता नै हो । 

सुदूरपश्चिम टिममा लगानी गर्न पाउँदा खुसी लागेको शाहले बताए । ‘एनपीएलमा एउटा टिम किन्ने योजना बनाएको हुँ । नेपाली क्रिकेट विकासको लागि लगानी गर्न खोजेको हुँ । अवसरस्वरुप मैले सुदूरपश्चिम टिम खरिद गर्ने मौका पाएँ । यसमा झनै खुसी छु,’ शाहले रातोपाटीसँग कुराकानीमा भने ।

एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम टिम १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा खरिद गरेको हो । टिम खरिदपछि सुदूरपश्चिमले विदेशी खेलाडी, नेपाली खेलाडीलगायतमा पहिलो सिजन कुल १० करोड खर्च भएको थियो । 

पहिलो सिजनमा भएको खर्च र अब आउने दुई सिजनमा सुदूरपश्चिमले आफ्नो लगानी उठाउने योजना बनाएको छ । 

पहिलो सिजन र टिमको प्रदर्शन

प्रतियोगितामा सुदूरपश्चिमले लिगका सातमध्ये ६ खेलमा जित निकाल्न सफल भयो । सुदूरपश्चिमले पहिलो क्वालिफयर खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै फाइनल पुगेको थियो तर, फाइनलमा त्यही जनकपुरसँग पराजित हुन पुग्यो । 

सुदूरपश्चिमले लिग चरणका खेलमा जनकपुरमाथि ७२ रनको सहज जित निकालेको थियो । गत सिजन सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३, तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रन, पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई ७२ रन, छठौं खेलमा पोखरा एभेन्जर्सलाई ५ रन र सातौं खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएको थियो । सुदूर चौथो खेलमा भने चितवन राइनोजसँग ३३ रनले हारेको थियो । 

प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको थियो । 

टिमः सुदूरपश्चिम रोयल्स

नेपाली खेलाडीः दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद र दिपेन्द्र थापा
विदेशी खेलाडीः स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन
टिमको स्वामित्वः एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालि
टिम मालिकः स्वतन्त्र प्रताप शाह
प्रशिक्षकः जगत टमाटा
आइकोनिक खेलाडीः हिक्मत महरा 
ब्राण्ड एम्बासडरः दीपक विष्ट
सीईओः प्रकाश खड्का
 

खेल तालिका

सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१८२/७ (२० overs)
win
VS
विराटनगर किङ्स विराटनगर किङ्स
९२/१० (१६.१ overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
सुदूरपश्चिम रोयल्स ९० रनले विजयी
काठमाडौं गुर्खाज काठमाडौं गुर्खाज
९४/१० (१५.५ overs)
VS
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१६७/६ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी
लुम्बिनी लायन्स लुम्बिनी लायन्स
१४२/९ (२० overs)
VS
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१८७/४ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
सुदूरपश्चिम रोयल्स ४५ रनले विजयी
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१३१/१० (१८.२ overs)
VS
चितवन राईनोज चितवन राईनोज
१६४/५ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
चितवन राइनोज ३३ रनले विजयी
जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स
५१/१० (१२.१ overs)
VS
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१२३/९ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
सुदूरपश्चिम रोयल्स ७२ रनले विजयी
पोखरा एभेन्जर्स पोखरा एभेन्जर्स
१४८/१० (१९.४ overs)
VS
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१५३/७ (२० overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
सुदूरपश्चिम रोयल्स ५ रनले विजयी
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१०५/४ (१५.२ overs)
win
VS
कर्णाली याक्स कर्णाली याक्स
१०१/१० (२० overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
सुदूरपश्चिम रोयल्स ६ विकेटले विजयी
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१४१/२ (१८.३ overs)
win
VS
जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स
१३९/९ (२० overs)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२०४
सुदूरपश्चिम रोयल्स ८ विकेटले विजयी
सुदूरपश्चिम रोयल्स सुदूरपश्चिम रोयल्स
१८४/९ (२० overs)
VS
जनकपुर बोल्ट्स जनकपुर बोल्ट्स
१८५/५ (१९.२ overs)
win
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
नेपाल प्रिमियर लिग २०२४
जनकपुर बोल्ट्स ५ विकेटले विजयी