फेरि हारबाट जोगियो म्यान्सिटी
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा पेप ग्वार्डिवलाको म्यान्चेस्टर सिटी हारबाट जोगिएको छ । यसअघिको खेलमा लगातारको हार ‘जिंक’ तोडेको म्यान्सिटी यो खेलमा हारबाट जोगिएको हो । शनिबार राती क्रिष्टल प्यालेसको घरेलु मैदानमा २-२ को बराबरी खेल्दै म्यान्सिटीले अंक बाँडेको छ ।
म्यान्सिटीका लागि एर्लिङ्ग हालाण्ड र रिको लेविसले गोल गरे । ८४औं मिनेटमा लेविस दोहोरो पहेंलो कार्ड खाँदै लेविस बाहिरिएपछि सिटीले थप गोल गर्न सकेन भने अंक बाँड्न बाध्य भयो । प्रिमियर लिगमा लगातार चार खेल हारेपछि साविक विजेता म्यान्सिटीका मुख्य प्रशिक्षक ग्वार्डिवलाको जागिर समेत धरापमा परेको थियो ।
बिहीबार राती नटिंघम फरेस्टलाई ३-० ले हराएर हारको श्रृंखला तोडेको सिटीले क्रिष्टल प्यालेसविरुद्धको खेल बराबरी गरेको हो । बराबरीपछि म्यान्सिटी २७ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको भने ३५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म