पशुपति क्षेत्रका ९ इनार उत्खनन गरेर संरक्षण गरिने
काठमाडौं । प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप जस्तै थिए ।
ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो । उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहनुभएका वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।
पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो । यी दुवै इनार पुरिएको अवस्थामा फेला परेका हुन् । अरु सात इनारलाई पनि खोजेर संरक्षण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म