एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने, एक सञ्चालक परिवर्तन
आइतबार, २३ मङ्सिर २०८१, ११ : २९

काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यो वर्ष शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनी सचिव प्रमोदकुमार अग्रवालका अनुसार बैंकको उक्त निर्णय राष्ट्र बैंकबाट स्वीकृति लिइ आगामी साधारणसभामा प्रस्तुत हुनेछ । शुक्रबारको बैठकले एक सञ्चालक परिवर्तनको निर्णय समेत गरेको छ ।
बैंकमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने जीवनकुमार कटवाल ठाउँमा ठाकुरजंग थापालाई प्रतिनिधित्व गरी पठाउनेगरी कोषको पत्र अनुसार सञ्चालक समिति बैठकले सञ्चालक परिवर्तनको निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान