एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने, एक सञ्चालक परिवर्तन
आइतबार, २३ मङ्सिर २०८१, ११ : २९
काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यो वर्ष शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनी सचिव प्रमोदकुमार अग्रवालका अनुसार बैंकको उक्त निर्णय राष्ट्र बैंकबाट स्वीकृति लिइ आगामी साधारणसभामा प्रस्तुत हुनेछ । शुक्रबारको बैठकले एक सञ्चालक परिवर्तनको निर्णय समेत गरेको छ ।
बैंकमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने जीवनकुमार कटवाल ठाउँमा ठाकुरजंग थापालाई प्रतिनिधित्व गरी पठाउनेगरी कोषको पत्र अनुसार सञ्चालक समिति बैठकले सञ्चालक परिवर्तनको निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण