युक्रेनका लागि ९९ करोडको सहायता प्याकेज तयार पार्दै अमेरिका
आइतबार, २३ मङ्सिर २०८१, १३ : २४
वासिङ्टन डीसी । अमेरिकाले युक्रेनलाई दिन करिब ९९ करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज तयारी पार्दैछ । रुससँग जारी लडाइँमा सघाउन अमेरिकाले शनिबार रकेट, ड्रोनसमेतका नयाँ हातहतियार र उपकरणहरू गरेर ९८ करोड ८० लाख डलरको सहायता प्याकेज सार्वजनिक गरेको थियो ।
यो प्याकेज अमेरिकाको सञ्चिति हातहतियारबाट झिक्नुको सट्टा उद्योगसँग किनेर युक्रेनलाई हतियार सहायता दिने भनेर राष्ट्रपति जो बाइडेनको प्रशासनले उपलब्ध गराएको २ अर्ब २१ करोड डलर बराबरको युक्रेन सुरक्षा सहायता पहल (यूएसएआई)को हिस्सा भएको बताइएको छ ।
यो सहायता उपलब्ध गराएसँगै यो कोषको रकम घटेर आधामा आउनेछ । सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिकाले युक्रेनलाई ६२ अर्ब डलर बराबरको सुरक्षा सहायताको वाचा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण