१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यताका कारण संसद् सेवा प्रभावकारी हुन नसकेको बताएका छन् । आइतबार १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानुनमै टेकेर संसद् चलिरहेको उल्लेख गर्दै उक्त कानुनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए । सांसदहरू आफू कानुन बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानुन निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ । उनले नेपालको संसदीय उपलब्धि र अभ्यासहरू अन्य देशको सांसदसँग तुलना गर्न नमिल्ने पनि बताए । संसद् सेवालाई थप प्रभावकारी बनाउन कानुनी रूपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद् सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी बनाउन संसद् सचिवालयका कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने बताइन् । उनले सांसदहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरालाई आत्मसाथ गर्दै कर्मचारीहरू अघि बढ्नुपर्ने बताइन् । हालै संसदमा प्रवेश गर्ने सांसदहरूलाई संसदमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने ज्ञान नहुने भएकाले यस विषयमा कर्मचारीको सक्रियता महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण